कर्णालीका पाँचौ मुख्यमन्त्रीको सपथ आज ४ः०० बजे

सुर्खेत, १३ साउन । कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनियताको सपथ लिनुहुने भएको छ ।

हिजो प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई कर्णालीको पाँचौ मुख्यमन्त्री नियुक्त गरेको भोलीपल्ट अर्थात आज ४ः०० बजे पद तथा गोपनियताको सपथ हुन लागेको हो ।
उहाँलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन कायम रहेको छ ।

४० सदस्यीय कर्णालीमा सरकार बनाउन २० सिट मात्रै आवश्यक पर्ने भए पनि थप ४ सदस्सहित उहाँले कर्णाली प्रदेशमा बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त हुने अवसर पाउनुभएको हो । शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो । आज उहाँले केही मन्त्रीसहित पद तथा गोपनियताको सपथ लिनुहुनेछ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १४ : ०२  बजे