काठमाडौं, १२ साउन । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँ घटेर २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज घटेको हो। महासंघले १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ तोकेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १३५ रुपैयाँ घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ निर्धारण गरिएको छ।







प्रतिक्रिया