काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण ढंगले अघि बढिरहेको दाबी गर्नुभएको छ। साथै, वार्ता अनावश्यक रूपमा लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिनुभएको छ।
ट्रम्पले इरानलाई आर्थिक प्रलोभन दिएर सहमतिमा ल्याउन नसकिने बताउँदै आवश्यक परे कडा दबाबको नीति अपनाइने धारणा व्यक्त गर्नुभयो। उहाँले इरानले हाल विभिन्न प्रतिबन्ध हटाइदिन आग्रह गरिरहेको दाबी पनि गर्नुभयो।
ट्रम्पका अनुसार अमेरिकी कारबाहीबाट इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीमा ठूलो क्षति पुगेको छ। साथै, इरानको ड्रोन र मिसाइल उत्पादन क्षमताको अधिकांश हिस्सा पनि ध्वस्त पारिएको उहाँको दाबी छ।
इरानले कहिल्यै आणविक हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यमा अमेरिका दृढ रहेको ट्रम्पले दोहोर्याउनुभएको छ।







प्रतिक्रिया