फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस, ७ साउन । फ्रान्सेली संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकाद्वारा सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने विधेयक पारित गरेको छ ।

यससँगै यस्तो कानुन लागू गर्ने फ्रान्स पहिलो युरोपेली संघको मुलुक बनेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले यस विधेयकको समर्थन गरेका छन भने सेप्टेम्बर देखि यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । कानुन कार्यान्वयनको जिम्मेवारी डिजिटल नियामक निकाय ‘आर्कोम’ को हुनेछ ।

यद्यपि, बालबालिकाको उमेर कसरी प्रमाणीकरण गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

फ्रान्सको सिको गर्दै बेलायत, स्पेन, ग्रीस र डेनमार्क पनि सामाजिक सञ्जालका लागि न्यूनतम उमेर तोक्ने तयारी गरिरहेका छन् । फ्रान्सका धेरै अभिभावकले यस निर्णयको स्वागत गरेका छन् तर केही किशोरकिशोरीहरू भने शैक्षिक सामग्रीमा पहुँच र साथीभाइसँगको सम्पर्क प्रभावित हुने कुरालाई लिएर चिन्तित छन् ।

एम्नेस्टी इन्टरनेसनलले केवल प्रतिबन्ध लगाउनु पर्याप्त नभएको बताएका छन् । डिजिटल संसारको सुरक्षित प्रयोगबारे बालबालिकालाई शिक्षित गर्नु पनि उत्तिकै आवश्यक छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १९ : १६  बजे