धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ

काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीका अनुसार अभियन्ता केसीविरुद्ध साइबर अपराधबारे जाहेरी परेको थियो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप पनि भइसकेको छ । उनी हिरासतमा रहेकी छिन् ।

केसीले विभिन्न सामाजिक सञ्जालमार्फत राधिका दासीलगायत बिभिन्न धार्मिक नेतृत्व र कथाबाचन गुरू गुरूआमाको विरुद्ध बोल्दै आएकी थिइन् ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १७ : २८  बजे