काठमाडौं, १ साउन । पहिरोमा परी गम्भीर घाईते भएका दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाईड्रोमा कार्यरत सब(ईन्जिनियरको मृत्यु भएको छ ।
पहिरोमा परेर गम्भिर घाईते भएको भनिएका सब–ईन्जिनियर नुवाकोटको विदुर नगरपालिका–४ घर भएका २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको हो । हाईड्रोको बाटो सर्वे गर्न गएका सब( ईन्जिनियर न्यौपाने बुधबार दिउँसो पहिरोमा परि गम्भिर घाईते भएपछि तत्काल उद्धार गरी हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो ।
उनको काठमाडौँको हेम्स अस्पतालमा उपचारका क्रममा साँझ करिव ७ बजे मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । विगु गाउँपालिका–१ स्थित हुरहुरेमा रहेको सानीमा हाईड्रोपावरको बाटो सर्वे गर्ने क्रममा माथिबाट पहिरो खस्दा सब–ईन्जिनियर सहित तीन कर्मचारी घाईते भएका थिए ।
पहिरोमा परी घाईते हुनेमा सोही हाईड्रोपावरमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का अन्दाजी २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौरका २७ वर्षीय सन्दिप चौँलागाईको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
प्रतिक्रिया