काठमाडौं, १ साउन । त्रिदेशीय टी–२० अन्तर्राट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि जीत निकालेको छ ।
हिजो जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्यो ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८ ओभर २ बलमा १ सय ५२ रनमा समेटियो । दक्षिण अफ्रिकाका डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रन बनाए ।
न्युजिल्यान्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको बनायो ।
न्युजिल्यान्डका टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।
दक्षिण अफ्रिकासँग समान २ अङ्क बनाएको न्युजिल्यान्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । घरेलु टोली जिम्बाब्वे अङ्कविहीन छ ।
सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्यान्ड र जिम्बाब्वेको बीचमा हुनेछ ।
प्रतिक्रिया