परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

काठमाडौं, ५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले उहाँलाई विशिष्ट श्रेणी (सचिव) सरहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

नवनियुक्त सल्लाहकार पाण्डेसँग ख्यातिप्राप्त सञ्चारमाध्यमहरू कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीति, अन्तर्राष्ट्रिय विकास तथा खेलकुद क्षेत्रको बिटमा रहेर लामो समय रिपोर्टिङ गरेको अनुभव छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १७ : ३९  बजे