श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

संखुवासभा, ३ असार । आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन ।

मादी नगरपालिका–४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका–७ घर भएका ५६ वर्षीय अमर बहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा अमर बहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फुलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १७ : ३८  बजे