काठमाडौं, ३१ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणको लागि आज संयोजक प्रचण्ड श्रीलंका प्रस्थान गरेको स्वकीय सचिव गोविन्द आचार्यले बताउनुभयो ।
उहाँका अनुसार संयोजक प्रचण्डले श्रीलङ्काको कोलम्बोमा आयोजित क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागिता जनाउँनुहुनेछ । अन्तर्राष्ट्रिय सम्मेलन भोलि र पर्सी रहेको छ । उहाँले भन्नुभयो,‘उहाँ आजै श्रीलंका प्रस्थान गर्नुभएको छ । कार्यक्रम सकिएपछि चौथो दिनमै फर्किनुहुन्छ ।’







प्रतिक्रिया