काठमाडौं, ३१ असार । विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै आज बिहान सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् । अनेरास्ववियुका नेता दीपक धामीलगायतको नेतृत्वमा भएको विद्यार्थीको समूहले चर्को नाराबाजी गरेका छन् ।
अध्यक्ष धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले ‘गरिब जनतालाई तर्साउन पाइँदैन’, ‘जनतालाई बाँच्न दे’, ‘राज्य आतंक बन्द गर’, ‘हत्या हिंसा अन्त्य गर’, ‘लिपुलेक हाम्रो हो, सिंहदरबारमा बसेर कुशासन गर्न पाइँदैन’, ‘यो सरकार जनताको कि विदेशीको हो’ लगायत नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड बोकेर दक्षिणी गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध जनाएका थिए । उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै राज्य पक्षबाट भएका गतिविधिको विरोध गरेपछि प्रहरीले अनेरास्ववियुका अध्यक्ष धामीसहित केही प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया