काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले मिडिया भवन अगाडी गाडी राखेर राज्य आफैले आतंक मच्चाएको आरोप लगाउनुभएको छ ।
कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीलगायत मिडिया हाउसको ढोकामा ‘गाडी आतंक’ मच्चाउनुका राज्य दोषी रहेको पनि उनको गम्भिर आरोप रहेको छ ।
‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो, यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उहाँको प्रश्न छ, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैं थप आतङ्कित बनाउने हैन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?’
बालेन्द्र सरकारका रहेकाहरूले नै सो कार्य गरिरहेको आंशका बढिरहेको बेला झाले ठोकुवा गर्दै राज्य आफैँ लागेकोसमेत जनाउनुभएको हो । ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।’







प्रतिक्रिया