बिमानस्थलमा बोल्न खोजे पछि दुर्गा प्रसाई केही बेर प्रहरी नियन्त्रणमा

काठमाडौं, २८ असार । बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ । आज गृह नगर झापाबाट काठमाडौं आउना साथ आन्तरिक विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तर, यो पटक भने उनलाई प्रहरी हिरासतमा राखिएन र भक्तपुरस्थित घरमा पुर्याएर छाडिदिएको छ ।

उनी आउँदा विमानस्थलमा कन्टेन्टका लागि युट्यूवरको भीड लागेको देखीपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन् । आज उनले बिमानस्थलमा बोल्न पाएनन, प्रहरीले प्रसाईँलाई हिरासतमा नलगी उनकै भक्तपुरस्थित निवास पुर्याएर छाडेको छ ।

बिमानस्थल संबेदनशिल र निषेधित क्षेत्र भएकाले त्यहाँ प्रसाईलाई बोल्न नदिएको प्रहरीको जिकिर गरेको छ ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १६ : ५७  बजे