ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल, तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित

काठमाडौं, २८ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल तथा तृतीय उपाध्यक्षमा रमेश थापा निर्वाचित हुनुभएको छ।

परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डंगोलले ७२८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रश्रय राजभण्डारीलाई पराजित गर्नुभएको हो। तृतीय उपाध्यक्ष पदमा रमेश थापा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो।

यसै निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावा (दावाङ) तामाङ, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल तथा कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) निर्वाचित हुनुभएको छ।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष डंगोलले सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री ठमेल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पर्यटन क्षेत्रको विकास र व्यवसायीहरूको हितलाई केन्द्रमा राखी परिषद्लाई थप सक्रिय बनाउने बताउनुभयो।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार  १५ : ३०  बजे