काठमाडौं, २६ असार । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा शुक्रबार उल्लेखनीय सुधार देखिएको छ । एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य बढेपछि सुनको घट्दो श्रृंखला रोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो ।
महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १७० रुपैयाँले महँगिएर प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
लगातारको गिरावटपछि सुन र चाँदी दुवैको मूल्यमा आएको यो सुधारलाई बजारले नजिकबाट नियालिरहेको छ ।







प्रतिक्रिया