बनेपा, ३१ असार । सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग सुचारु भएको छ । वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको बिपी राजमार्ग आज बिहान ८ः३५ बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
गएराति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीको सक्रियतामा सडक डिभिजन भक्तपुरको स्काभेटर, जेसीबिको सहायताले सडक पूर्ण रुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया