काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिनुभयो। प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्नुहुने छ । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।
9
Shares
प्रतिक्रिया