काठमाडौं, १२ असार । रास्वपाका पदाधिकारी छान्न भएको निर्वाचनमा मतदान सकिएको छ । चितवनमा जारी महाधिवेशनमा १२९० मत मात्रै खस्यो । रास्वपामा ३९५९ महाधिवेशन प्रतिनिधि थिए ।
हिजो केन्द्रीय सदस्यको मतदानमा २९५९ मत खसेको थियो । आज पदाधिकारीको लागि भएको निर्वाचनमा सभापति रवि लामिछाने समेत भोट हाल्न आउनुभएन ।
सभापति रवि लामिछाने मतदान प्रक्रियाबाट बाहिरै
आज भएको पदाधिकारी छान्नका लागि भएको महत्त्वपूर्ण निर्वाचनमा पार्टी सभापति रवि लामिछाने स्वयं मतदान प्रक्रियामा सहभागी हुनुभएन ।
लामिछाने आजको मतदानमा सहभागी नभएको विषयलाई निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले आधिकारिक रूपमा पुष्टि गर्नुभएको छ ।







प्रतिक्रिया