मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको आकर्षक विश्वकप गिभअवे, हस्ताक्षरित जर्सीदेखि विदेश भ्रमणसम्म जित्ने अवसर

काठमाडौं, ११ असार । फुटबलका महान खेलाडी लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ का दर्शकलाई लक्षित गर्दै आकर्षक ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ योजना सार्वजनिक गरेका छन् ।

आयोजकका अनुसार आधिकारिक प्लेटफर्ममार्फत विश्वकप हेर्ने संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा अनधिकृत एवं पाइरेटेड स्ट्रिमिङलाई निरुत्साहित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत DGO एपमार्फत ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

गिभअवेको मुख्य आकर्षणका रूपमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीद्वारा हस्ताक्षरित आधिकारिक जर्सी राखिएको छ। साथै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन स्टार नेयमारको हस्ताक्षरित राष्ट्रिय टोलीको जर्सी पनि पुरस्कार सूचीमा समावेश गरिएको छ ।

सिजन पास खरिद गर्ने ग्राहकहरूले मेस्सी, रोनाल्डो र नेयमारका हस्ताक्षरित जर्सीसहित भियतनाम भ्रमण प्याकेज, ५५ इन्च स्मार्ट टिभी तथा मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाइ जित्न सक्नेछन् । त्यसैगरी मोबाइल पास खरिदकर्ताहरूका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्च स्मार्ट टिभी तथा स्मार्टफोन पुरस्कारको व्यवस्था गरिएको छ ।

अभियानमा सहभागी हुन इच्छुक ग्राहकहरूले DGO एप डाउनलोड गरी आफ्नो खाता दर्ता गर्नुपर्ने, एपमार्फत विश्वकप हेर्नका लागि सिजन वा मोबाइल पास खरिद गर्नुपर्ने तथा DGO का आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ । यो योजना २१ जुनदेखि १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ ।

नेपालभित्र रहेका सक्रिय DGO प्रयोगकर्ताहरू मात्र यस अभियानमा सहभागी हुन योग्य हुनेछन् । आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता तथा तिनका परिवारका सदस्यहरू भने अभियानमा सहभागी हुन नपाउने जनाइएको छ । कम्पनीका अनुसार विजेताको छनोट र प्रमाणीकरण निष्पक्ष रूपमा गरिनेछ भने प्राप्त पुरस्कार नगद वा अन्य वस्तुसँग साट्न पाइने छैन ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १७ : २८  बजे