विराटनगर, ३ असार । कोशी प्रदेशका पत्रकारहरूले सरकारी विज्ञापनको समानुपातिक वितरण र सञ्चार क्षेत्रका समस्या समाधानको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आव्हानमा पत्रकारहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिनुभयो । संघ सरकारले विज्ञापन प्रकाशनमा लगाएको रोकका कारण स्वरोजगारमूलक सञ्चार संस्थाहरू बन्द हुने अवस्थामा पुगेको पत्रकारहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारको विज्ञापनसम्बन्धी पछिल्लो निर्णय गलत भएको भन्दै तत्काल सच्याउन माग गर्नुभयो ।
महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काले प्रदेशको विज्ञापन प्रदेशकै सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । धर्नापश्चात् महासंघले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूले उठाएका मागप्रति प्रदेश सरकार गम्भीर रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।








प्रतिक्रिया