छैटौं विश्वकप खेल्ने मेस्सी पहिलो खेलाडी

काठमाडौं, ३ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी छैंटौं विश्वकप खेल्न मैदान उत्रने पहिलो खेलाडी बनेका छन्। विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान राखेका मेसीले आज २७ औं विश्वकपको खेल खेलेका हुन्।यो उनको लागि व्यक्तिगत रूपमा अर्को कीर्तिमानी उपलब्धि हो। उनले अर्जेन्टिनाको लागि यो २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। अर्जेन्टिनाको लागि २०० खेल खेल्ने उनी पहिलो खेलाडी हुन्। पछिल्लो समय ह्यामस्टिङको समस्याका कारण केही खेल गुमाएका मेसी ले विश्वकपलाई पहिलो प्राथमिकतामा राखेका थिए। उनले आज अल्जेरियाविरुद्धको खेलमा १७ औं मिनेटमा पहिलो गोल समेत गरेका छन्।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  ०८ : ५२  बजे