काठमाडौं, १ असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि एक महिनासम्म राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको छ । साथै युवा संघले साउन १५ देखि भदौ १५ सम्म देशव्यापी रक्तदान अभियान सञ्चालन गर्ने तथा प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
जेठ ३० र ३१ गते बसेको युवा संघ नेपालको चौथो पूर्ण बैठकपछि अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्ति अनुसार, संघले ‘एक पालिका–एक उत्पादन’ देखि महिनादिन लामो वृक्षारोपणसम्मका महत्त्वाकांक्षी कार्यक्रमहरू तय गरेको छ ।
त्यसैगरी युवा संघले सातै प्रदेशमा विपद् व्यवस्थापन तालिम, ‘एक पालिका– एक उत्पादन कार्यक्रम, व्यापक तथा प्रत्यक्ष युवा संवाद कार्यक्रम तथा अन्तर्राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । बैठकले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक विषयहरूमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण प्रस्ताव तथा संगठनात्मक निर्णयहरू पारित गरेको छ ।









प्रतिक्रिया