काठमाडौं, २८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको रु भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोस समेत व्यक्त गर्नुभयो ।
सचेतक राईले सदनको सम्पत्तिको रुपमा रहेको कुनै पनि विधेयकलाई सरकारले हेरफेर गर्न वा सच्याउने काम गर्न संवैधानिक हिसावले पनि नमिल्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो,‘करका दरमा बारम्बार हेरफेर गर्नुभयो । उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि । र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नु भएको हो कि । संसद वादविवाद गर्ने थलो हो । यसको नीति, विधि र प्रक्रिया छ । सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ रु यो अक्ष्यम्य गल्ती किन र कसको स्वार्थमा भएको हो रु मेरो प्रश्न छ । सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र रु उहाँलाई मेरो प्रश्न छ–कसको ईसारा अथवा कुन स्वार्थमा करको दर आफूखुशी परिवर्तन गरियो रु संविधानको मर्म अनुसार कुनै पनि विधेयक सदनमा पेश भईसकेपछि त्यो संसदको सम्पत्तिको रुपमा रहने संवैधानिक व्यवस्था छ सभामुख महोदय । सरकारले त्यसलाई आफूखुशी बदल्न वा सच्याउन पाउँदैन ।’
सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको इशारामा लागेर करको दर फेरबदल गर्ने छुट नरहेको पनि बताउनुभएको छ ।








प्रतिक्रिया