काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअघि जेन–जीहरूले धर्नासहित नाराबाजी गरिरहेका छन् । सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुटा मुद्दामा फसाइएका जेन–जीहरूलाई हिरासतमुक्त गरिनुपर्ने प्रदर्शनकारी जेन–जीहरूको माग छ ।
आन्दोलनमा जेन-जी, घाइते तथा सहिद परिवारका सदस्यहरू सहभागी भएको जेन–जी अभियन्ता सरिस्मा थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अहिले पनि जेनजी आन्दोलनको बेला झुटा मुद्दामा फसाइएका भाइबहिनीहरू हिरासतमा छन् । उनीहरूलाई बिनासर्त रिहा गरिनुपर्यो । १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्यो ।’ आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने थापाले बताउनुभयो ।








प्रतिक्रिया