सुदनको टिप्पणी ‘बालेनको बालापन’

काठमाडौं, २४ जेठ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ लेख्दै उहाँले राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको विशेषता संयमित, निष्पक्ष र जिम्मेवार देखिनु भएको उल्लेख गर्नुभएको छ ।

जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार देख्न चाहेको भन्दै उहाँले लेख्नुभएको छ,‘सार्वजनिक आलोचना भन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिन्छ । यति भन्ने चाहीँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु ।’

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  १६ : ५९  बजे