काठमाडौं, २२ जेठ । गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको जेठ २२ र १३ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूको विभिन्न जिल्ला र निकायमा सरुवा गरिएको हो ।
निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिवहरू निराजन घिमिरेलाई स्याङ्जा, कुमान सिंह गुरुङलाई कास्की, लक्ष्मी पाण्डे गौतमलाई धादिङ र बलराम निरौलालाई भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी १५ जिल्लाका सिडिओ हेरेफेर गरिएको छ ।









प्रतिक्रिया