काठमाडौं, २६ असार । गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लामा ४५।९ मिलिमिटर पानी परेको छ ।
राति मकवानपुर र सिन्धुपाल्चोकमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया