काठमाडौँ, १७ जेठ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रूपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रूपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रूपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रूपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रूपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रूपैयाँ ६० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ११० रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रूपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रूपैयाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ ४२ पैसा र बिक्रीदर २२ रूपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ ४३ पैसा र बिक्रीदर ४० रूपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रूपैयाँ ८२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६६ पैसा र बिक्रीदर चार रूपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रूपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रूपैयाँ २६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ६४ पैसा र बिक्रीदर २३ रूपैयाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १९ रूपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रूपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रूपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रूपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३९५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








प्रतिक्रिया