चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन–रसुवा प्रशासन (घटनाको विस्तृत)

काठमाडौँ, २४ असार । नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ।
चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।
बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ । नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।
बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्ति नष्ट भएको छ।

 

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  २० : ४९  बजे