एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौं प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नगरिक ४० वर्षीय वाङ जियाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपियाँ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको टोलीले वाङलाई डेराबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १६ : १७  बजे