काठमाडौं, १२ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मंगलबार साँझ नवनियुक्त पाँच मन्त्रीले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । युवराज भट्टराईले अर्थ, लखन दास तत्माले खेलकुद तथा समाज कल्याण, शारदादेवी थापाले श्रम तथा यातायात, मनोज कुमार सिंहले शिक्षा तथा संस्कृति र नागेन्द्र साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा शपथ लिनुभयो । तीन दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा दुई दिनदेखि मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि हुन सकेको थिएन। आज नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच १५ बुँदे समझदारी भएपछि मन्त्रिपरिषद् विस्तार भएको हो।
15
Shares








प्रतिक्रिया