काठमाडौं, १२ जेठ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारमाथि प्रश्नैप्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बाँदर व्यवस्थापन, सुकुम्वासी समस्यादेखि सरकारी पीडितलाई बाँडिएको पैसासम्म सरकारको जवाफ माग्नुभयो ।
श्रम संस्कृति पार्टीका महासचिव समेत रहेका राईले भन्नुभयो,‘बाँदर व्यवस्थापन कहिले हुन्छ ? सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ ? जिबी राई कहिले पक्राउ हुन्छ ? किसानहरूको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै हुन्छ ?’
उहाँले सहकारी पीडितहरूले जनताको करबाट तिरेको पैसा दिन नहुने बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो,‘जनताले तिरेको करबाट होइन, राज्यको कोषबाट होइन । यदि सरकारले सहकारी, बैङ्क, अन्य व्यवसाय गर्दा डुबेको पैसा सरकारले तिरिदिने नीति लिएको हो ?’








प्रतिक्रिया