बाढीमा फसेर रुखमा बसी ज्यान जोगाइरहेकालाई नेपाली सेनाले गर्यो उद्धार

काठमाडौं, २४ असार । रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट पीडितहरूको उद्धार गरिएको हो ।

सेनाका अनुसार नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीमा बाढी आएपश्‍चात नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले सो उद्धार गरेको हो ।

उद्धारमा अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहभागितामा टिमुरे इलाकाबाट नौजनाको सकुशल उद्धार गरिएको हो । हेलिकप्टरबाट त्रिशूली इलाकामा रुखमा बसी ज्यान जोगाइरहेका थप दुईजनाको उद्धार गरेको छ ।

साथै हराइरहेकाहरूको पनि पनि खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १४ : ५४  बजे