इरान युद्धबाट पछि हट्दै ट्रम्पले भने – खुसीको कुरा, हर्मुज जलमार्ग चाँडै खुल्नेछ

काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताउनुभयो । सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गर्नुभयो ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो । सम्झौता धेरैजसो वार्ताबाट टुंगिएको र होर्मुज जलमार्ग खुलेसँगै विश्वका लागि राम्रो कुरा भएको उहाँले सुनाउनुभयो । ट्रम्पले सम्भावित सम्झौताबारे विस्तृत जानकारी भने दिनुभएको छैन ।

तर अमेरिकी प्रशासनभित्र इरानसँग आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र समुद्री मार्ग सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ । रिपोर्टअनुसार, ट्रम्प प्रशासन इरानसँग प्रत्यक्ष टकरावभन्दा पनि नयाँ कूटनीतिक समझदारीतर्फ अघि बढ्न खोजिरहेको संकेत देखिएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  १४ : १८  बजे