काठमाडौँ, ५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दलहरूले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताउनुभएको मछ। मंगलबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले अहंकारपूर्ण भाषा प्रयोग गर्नूभएको हो ।
अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएका राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई नै आधार बनाएर सरकारले आफ्नो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्ष दलहरूले आफ्नो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताउनुभयो। उहाँले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सारअनुसार अघि बढिरहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो , ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रस्तुत गरिएको हो, त्यो नै हो।
किनकि हामीले निर्वाचन लड्नुभन्दा अगाडि रुपान्तरणका सय आधारहरू भनेर वाचापत्रमा उल्लेख गरेका थियौँ। त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्ने कुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्गचित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो। अब आफ्नै भाषा, आफ्नै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव कुर्नुपर्ला।’री राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने ।








प्रतिक्रिया