दिउँसै लालटिन बालेर कानून व्यवसायीको प्रदर्शन

काठमाडौं, ५ जेठ । नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर साङ्केतिक प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र अन्योलको विरोध गरेका हुन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १८ : ४९  बजे