शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

काठमाडौं, २२ वैशाख । व्यवसायी शेखर गोल्छा नियन्त्रणमै रहेको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छा आफूहरुको नियन्त्रणमै रहेको र धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

‘बीमा सम्बन्धी कसुरमा सर्वोच्चले छाड्न आदेश दिए पनि धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान जारी छ,’ श्रेष्ठले भन्नुभयो । गोल्छा ११ वैशाखमा पक्राउ पर्नुभएको थियो । उहाँकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको थियो । कानुनमा धरौटी वा जमानतको व्यवस्था भएको अवस्थामा त्यसविपरीत पक्राउ अनुमति जारी गरिएको भन्दै सर्वोच्चले जिल्ला अदालत काठमाडौंबाट जारी दुईवटा पक्राउ अनुमतिपत्र खारेज गरेको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  ०८ : ०८  बजे