विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौं, १८ वैशाख । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको विकेटको क्षतिमा दुई सय ८९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित सय रन बनाउनुभयो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो । यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११र११ रन बनाउनुभयो ।

अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गर्नुभएको हो । उहाँले घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेल्दै आउनुभएको छ । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिनुभयो ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार  १५ : २२  बजे