काठमाडौं, १८ वैशाख ।गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो ।
गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले निर्णायक भूमिका खेले । उनले बलिङतर्फ २ विकेट लिनुका साथै ३ वटा क्याच गरे । ब्याटिङमा १० बलमा १२ रनको महत्वपूर्ण योगदान दिए । होल्डर खेलको ‘प्लेयर अफ द म्याच’ बने ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बैंगलोरका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । सामान्य योगफलको फाइदा गुजरातले लिएको हो ।
१५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५।५ ओभरमै १५८ रन बनाउँदै जित सुनिश्चित गरेको हो । यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित बैंगलोरु १२ अंकसहित दोस्रो स्थानमा यथावत छ ।








प्रतिक्रिया