काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र जवाफ पेश गर्न विपक्षी नेपाल प्रहीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आदेश गरेको हो ।व्यवसायी गोल्छाका तर्फबाट उहाँकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानूनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो । त्यही निवेदनमाथिको सुनुवाइमा अदालतले यो आदेश गरेको हो ।
0
Shares








प्रतिक्रिया