काठमाडौं, ३ वैशाख । काठमाण्डौ उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।तिवारीको पारिश्रमिक, बैंक खाता, घरजग्गा र अन्य सम्पत्ति जाँचबुझ गर्दा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ बराबरको देखिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेकाअनुसार यसमा १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँको मात्र स्रोत खुलेको छ ।अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि तिवारीकी श्रीमती मीनादेवी र छोरी मीरालाई पनि प्रतिवादी बनाएको छ ।
18
Shares







प्रतिक्रिया