सिङ्गापुरविरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २१ असार । एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ । मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न ।

यससँगै नेपालले पहिले बलिङ गर्दैछ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबिच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार  ०९ : ३४  बजे