इरानले खसालेको अमेरिकी लडाकु विमानका अर्का पाइलटको पनि उद्धार

काठमाडौं, २२ चैत्र । इरानी सेनाले खसालेको अमेरिकी लडाकु विमान एफ–१५ का पाइलटको उद्धार गरिएको अमेरिकाले जनाएको छ ।शुक्रवार इरानी सेनाले खसालेको भनिएको अमेरिकी लडाकु विमान एफ–१५ का पाइलटको अवस्था थाहा हुन सकेको थिएन ।

इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको थियो । एफ–१० विमानमा पाइलटको यसअघि नै उद्धार भएको थियो ।हराइरहेका पाइलटको खोजीमा अमेरिकी सेनाले लडाकु विमान र हेलिकप्टर परिचालन गरेको थियो । उनको पनि उद्धार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको अलजजिराले जनाएको छ ।ट्रम्पले उद्धार गरिएका चालकलाई चोट लागेको र छिट्टै ठीक हुने उल्लेख गर्नुभएको ट्रुथ सोसलमार्फत जानकारी दिनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौता नगरे व्यापक आक्रमण गर्ने धम्की दिनुभएको छ । यसको जवाफमा इरानले पनि अमेरिका र इजरायलले आक्रमण नरोके मध्यपूर्वभर व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  १५ : ३५  बजे