ललितपुरको गोरखा सहकारीका सञ्चालकहरू पक्राउ

काठमाडौं, २० चैत्र  । ललितपुरको सातदोबाटोमा रहेको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका सञ्चालकहरू पक्राउ परेका छन् । बचतकर्ताहरूको रकम फिर्ता नगरी ठगी गरेको कसूरमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३१ बस्ने ६१ वर्षीय इमानसिंह राई, चितवनको भरतपुर महानगरपालिका–२५ घर भई काठमाण्डौ–६ बौद्ध बस्ने ४२ वर्षीय लालबहादुर क्षेत्री, मानेभञ्ज्याङ–१ घर भई ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ५९ वर्षीय कर्णबहादुर राई र मानेभञ्ज्याङ–३ घर भई भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३९ वर्षीय अबिनकुमार राई रहेका छन् ।

उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट चार दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  १९ : ०७  बजे