मंगलबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १७ चैत्र ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा कायम भएको छ।

त्यस्तै युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा पुगेको छ। युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा तोकिएको छ, भने अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा बिक्रीदर ४० रुपैयाँ ५१ पैसा , कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १० : ४८  बजे