स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं, १९ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलको निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।

मन्त्री पौडेललाई थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भएर स्वदेश फर्केलगत्तै असार १४ गते अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरिएको हो । उहाँलाई उच्च ज्वरो आउनुका साथै पेट दुख्ने समस्या सताएपछि अस्पतामा भर्ना गरिएको हो ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  २० : ०४  बजे