एमाले अध्यक्ष ओली अस्पतालमा भर्ना

काठमाडौं, १४ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएपछि उहाँलाई प्रारम्भिक रूपमा प्रहरी परिसर काठमाडौं लगिएको थियो। त्यसपछि नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गर्नुपर्ने अवस्था देखिएपछि अस्पतालमै राखिएको हो।

अस्पताल स्रोतका अनुसार उहाँको रगत, पिसाब, मुटु तथा भिडियो एक्स–रे लगायतका विभिन्न परीक्षण गरिएको छ। परीक्षणपछि चिकित्सकले थप निगरानी आवश्यक देखेपछि भर्ना गर्ने निर्णय गरिएको जनाइएको छ।

ओली मिर्गौला प्रत्यारोपण गराइसक्नुभएको बिरामी भएकाले स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।

यसैबीच, प्रहरीले आज सार्वजनिक बिदा परेकाले उहाँ तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइने जनाएको छ। लेखकलाई भने हाल महाराजगञ्जस्थित सुरक्षा निकायको हिरासतमा राखिएको छ।

उच्च राजनीतिक घटनाक्रमसँगै स्वास्थ्य अवस्थाका कारण ओली अस्पताल भर्ना हुनुले देशको राजनीतिक माहोल थप चासोको विषय बनेको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार  १२ : ४९  बजे