नेपालको कुल जनसंख्याको ५४% हिस्सा ओगटेको तराई-मधेस सधैँ नेपाली कांग्रेसको अभेद्य किल्ला रहिआएको छ। भर्खरै उदाएका शक्तिहरूले मधेसी मूलका अनुहारलाई अघि सारेर जुन किसिमको राजनीतिक माहोल बनाए र मधेसको भावनालाई मतपेटिकामा बदल्न सफल भए, त्यो हाम्रा लागि ठूलो पाठ हो। यदि एउटा नयाँ पार्टीले मधेसको भावना बुझ्न सक्छ भने, बिपी कोइरालाको पालादेखि मधेससँग रगतको नाता गाँसेको नेपाली कांग्रेसले किन ढिलाइ गर्ने?
अहिलेको जटिल राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई मधेस-तराईको विश्वास जित्न र राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व फर्काउन प्रा. डा. चन्द्र मोहन यादव जस्तो सुझबुझपूर्ण नेतृत्व आवश्यक छ। चिकित्साशास्त्रमा स्नातकोत्तर (Master’s Degree) र लामो समयको प्राध्यापन अनुभवले उहाँलाई एक बौद्धिक र तार्किक नेताको रूपमा स्थापित गरेको छ।विगत २० वर्षदेखि पार्टीमा सक्रिय रहँदै उहाँले दोस्रो पटक सांसद (MP) बनेर आफ्नो संसदीय परिपक्वता प्रमाणित गरिसक्नुभएको छ।तराई-मधेसको माटो र त्यहाँका जनताको दबाबमा रहेको भावनालाई उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँसँग धैर्यता, अनुभव र आधुनिक नेपाल निर्माण गर्ने स्पष्ट भिजन छ।
नेपाली कांग्रेसले अब मधेसको भावनालाई बुझ्न ढिला गर्नु हुँदैन। डा. चन्द्र मोहन यादवलाई आगामी संसद्मा संसदीय दलको महत्वपूर्ण भूमिकामा अगाडि सार्नु भनेको मधेसका ५४% जनतालाई ‘अपनत्व’ महसुस गराउनु हो।नेपाली कांग्रेस पार्टीले समयमै यो साहसिक निर्णय लियो भने मात्र हामीले अन्य राजनीतिक शक्तिहरूलाई चुनौती दिन र कांग्रेसलाई पुनः देशको पहिलो शक्ति बनाउन सक्छौँ।
( नेपालमा नेपाली कांग्रेसलाई सबैभन्दा पुरानो र लोकतान्त्रिक दलको रूपमा मानिन्छ।
निस्सन्देह, यसको जरा देशभर फैलिएको छ। तर हालै सम्पन्न मध्यावधि आम निर्वाचनमा यसले अप्रत्याशित रूपमा ठूलो पराजय बेहोर्नुपर्यो। त्यसैले यसले यथाशीघ्र गम्भीर आत्ममूल्यांकन गर्न अत्यन्त आवश्यक छ। अबको कुनै पनि थप गल्तीले पार्टीको छविलाई झनै क्षति पुर्याउन सक्छ।
किन राष्ट्रिय स्वतंत्र पार्टी जस्तो नेपाली राजनीतिमा भर्खरै उदाएको दलबाट नेपाली कांग्रेसले पाठ सिक्न सक्दैन? राष्ट्रिय स्वतंत्र पार्टीले अचानक बुद्धिमत्तापूर्बक मधेश मूलका एक व्यक्तिलाई अघि सार्दै, यदि चुनाव जितेमा भविष्यका प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्यो। तराइ-मधेस क्षेत्र, जहाँ नेपालको कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी बसोबास गर्छ, त्यहाँका जनताले पहिलो पटक आफ्नो भावना बुझ्ने र सम्मान गर्ने नेतृत्व पाउने आशा गरे। सदियौँदेखि स्वतन्त्र रूपमा आफ्ना भावनाहरू व्यक्त गर्न नसकेका मधेशी जनतामा यसले नयाँ आशा जगायो।
नेपालले अहिलेसम्म तराइ-मधेस बाट आएका, आम मधेशी जनताको दृष्टिमा साँच्चिकै मधेशी ठहरिने प्रधानमन्त्री पाउन सकेको छैन। बालेन साहको उदय राष्ट्रिय स्वतंत्र पार्टीका लागि ठूलो प्रेरणा सावित भयो।
अब नेपाली कांग्रेसले आफ्नो हराएको गौरव पुनःस्थापना गर्न र विशेषगरी मधेशी जनताको भावना जित्न, आगामी स्थानीय तथा प्रदेश निर्वाचन अघि नै केही पूर्ण रूपमा नयाँ र साहसिक निर्णय लिन आवश्यक छ। यस सन्दर्भमा डा चन्द्र मोहन यादव उपयुक्त उम्मेदवार हुन सक्छन्।
उनी शिक्षित, अनुभवी तथा बलियो राजनीतिक पृष्ठभूमि भएका व्यक्ति हुन्। उनी तराई-मधेसकै प्रतिनिधित्व गर्छन्। यदि नेपाली कांग्रेसले उनलाई संसदीय दलको नेताको रूपमा विश्वासका साथ अघि सार्न सकेमा, उनी बदलिंदो राजनीतिक परिवेशमा पार्टीका लागि एक राम्रो विकल्प साबित हुन सक्छन्।)








प्रतिक्रिया