लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, गभर्नरमा तारा भुसाल निर्वाचित

काठमाडौं, १२ चैत्र ।  लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपाल को चौथो राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

महाधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा तारा भुसाल निर्वाचित हुनुभएको छ। यसैगरी प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा मनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ।

कार्यक्रम पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बाल कृष्ण बुर्लाकोटी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सञ्जय खेतान, डिष्ट्रिक्ट गभर्नर एकनारायण शर्मा, गंगा देवी ढकाल, राजन लम्साल, शम्भु प्रसाद घिमिरे, मणि श्री रत्न बज्राचार्यलगायत विभिन्न पदाधिकारी तथा लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापन लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ ले गरेको थियो। महाधिवेशनका क्रममा ३० भन्दा बढी लक्की ड्र पुरस्कार वितरण गरिँदा सहभागीहरूको उत्साह थप बढेको थियो।

नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर भुसालले महाधिवेशनले सेवा, समर्पण र नेतृत्वको भावनालाई अझ सुदृढ बनाएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

महाधिवेशनले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा संगठनलाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०८ : ५५  बजे