रास्वपाले गाली गरेर जित्यो, कांग्रेसले अग्रजलाई दोष दिँदै हार ढाक्यो : मीन विश्वकर्मा

काठमाडौं, १० चैत्र ।  मीन विश्वकर्मा ले नेपाली कांग्रेस को पछिल्लो अवस्थाप्रति कटाक्ष गर्दै हारको जिम्मेवारी आफ्नै अग्रजमाथि थोपरेर लाज छोप्ने प्रयास भएको टिप्पणी गर्नुभएको छ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने पुराना दलप्रति आक्रामक आलोचना गर्दै चुनावमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्नुभएको छ।

“रास्वपाले निर्वाचनमा पुराना दललाई गाली गरेर दुई तिहाइ सिट ल्यायो,” उहाँले लेख्नुभएको छ, “बदलिएको कांग्रेसले समीक्षा बैठकमा ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर हारको लाज छोप्यो—कस्तो संयोग !”

विश्वकर्माको यस अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक समीक्षा, नेतृत्वको भूमिका तथा चुनावी हारको जिम्मेवारीबारे बहस थप चर्किने संकेत देखिएको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  ०६ : ५९  बजे